kumari
stcnepal

गृहमन्त्री खाँण बालकोट ओली निवासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् ।एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एमसीसीविरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ । ओलीले आफूलाई लक्षित गर्दै ढुंगा प्रहार भएपछि गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री देउवा र ओलीबीच हिजो भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

 

footer