नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी-२० महिला विश्वकप बंगलादेशबाट युएईमा सर्यो

728
shares

काठमाडौँ- महिला टी-२० विश्वकप २०२४ बंगलादेशबाट युएई सरेको छ।

आइसीसीले असुरक्षाको कारण देखाएर प्रतियोगिता बंगलादेशबाट युएइ सारेको हो। युएईमा विश्वकप आयोजना हुने भए पनि आयोजनाको अधिकार भने बंगलादेशकै रहने छ। बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो। विद्यार्थी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर भारतको शरणामा पुगेकी थिइन्।

त्यहाँ अहिले अन्तरिम सरकार गठन भएको छ। तर, बंगलादेशबाट तोडफोड र लुटपाटका साथै हिंसात्मक गतिविधिका घटनाहरू निरन्तर भइरहेकाले आइसीसीले यो निणर्य गरेको हो। बंगलादेश सरकारले विश्वकप आयोजना बंगलादेशमै गर्ने प्रयास गरेको जनाएको छ। तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायतलगायत देशले आफ्ना नागरिकलाई बंगलादेश जान रोक लगाएको छ।

यसअघि आइसीसीले विश्वकप आयोजना बिसिसिआईलाई गर्न आग्रह गरे पनि भारतले अस्वीकार गरेको थियो। विश्वकप आयोजनाका लागि आइसीसीको प्रस्ताव अस्वीकार गरेपछि युएई, श्रीलंका र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए। युएईले यसअघि सन् २०२१ को पुरुष टी-२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो। १० टोलीको सहभागिता रहेको प्रतियोगिता ३ देखि २० अक्टोबरसम्म सञ्चालन हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports