नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाले भ्रष्टाचार मुछिएका र स्वार्थ बाझिने मन्त्रीहरूको विरोध गर्ने

754
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले भ्रष्टाचार मुद्दामा हदम्याद राखेर ठूला माछालाई उन्मुक्ति दिन खोजेको आशंका व्यक्त गरेको छ ।

पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिकाे बैठकले सरकारमा भ्रष्ट एवम् स्वार्थ बाझिने मन्त्री नियुक्ति गरेको विषयमा सदनमा कडा रुपमा प्रस्तुत हुने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए । उनले भने, ‘भ्रष्टाचार मुद्दामा हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरण, भ्रष्ट एवम् स्वार्थ बाझिने मन्त्री नियुक्ति गरेको बारेमा छलफल गरेका छौं। यो विषयमा हामी सदनमा कडा रुपले प्रस्तुत हुन्छौं ।’

भ्रष्टाचारको हदम्याद राखेर नीतिगत भ्रष्टाचार गरेर आफ्ना मान्छे जोगाउन खोजेको दाबी गरे । उनले थपे, ‘अख्तियारले नीजि क्षेत्रलाई पनि हेर्ने सरकारी क्षेत्रलाई चाहिँ उन्मुक्ति दिँदै जाने, आफ्ना मान्छेलाई नछुने खरदार सुब्बाहरुलाई मात्रै दुख दिने, ठूला माछा नसमात्ने वर्षौँसम्म फाइल अड्काएर राख्नेको विरोध गर्छौँ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports