kumari
stcnepal

लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै एमसीसीका बारेमा निर्णय गर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ ।

उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको ९लोसपा०को आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ । उक्त पार्टीको संसदीय दल १३ सदस्य रहेका छन् ।

एमसिसी सम्झौता छलफलका लागि सदनमा पेस भइसकेको अवस्थामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्वका साथ हेरिँदै आएको छ। स्मरण रहोस् भोली बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीका बारेमा छलफल हुने कार्यक्रम रहेको छ ।

footer