kumari
stcnepal

कच्चा तेलको मुल्य आज ११९ डलर प्रतिब्यारेल

काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय कमोडिटी बजारमा उच्च मूल्य वृद्धि भएको छ । जसको असर नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको छ ।

युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्था नै खलबलिने भय उत्पन्न हुँदा उच्च मूल्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ट्रेन्डिङ इकोनोमीले सार्वजनिक गरेको आजको विवरणअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिव्यारेल ११९ डलर पुगेको छ । जुन पछिल्लो ११ वर्ष यताकै उच्च हो । तेलको मूल्य बढ्दा नेपालले आयात गर्ने समग्र पेट्रोलियम पदार्थको मूल्य बढ्ने र नेपालको अर्थतन्त्रलाई नै ठूलो असर पुग्छ ।

आज बिहीबारको कच्चा तेलको मूल्य सन् १ फेब्रुअरी २०१२ को मूल्य भन्दा केही सेन्टले कम हो । त्यसदिन ब्रेन्ट कच्चा तेलको मूल्य १२० डलर प्रतिव्यारेल थियो ।

 

footer