सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कच्चा तेलको मुल्य आज ११९ डलर प्रतिब्यारेल

585
shares

काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय कमोडिटी बजारमा उच्च मूल्य वृद्धि भएको छ । जसको असर नेपालको औद्योगिक उत्पादनदेखि बजारसम्मका अत्यावश्यक वस्तुको मूल्यमा पर्ने चिन्ता सुरु भएको छ ।

युद्धका कारण रुस र युक्रेनी बजारमा उत्पादन हुने वस्तुको निर्यातमा प्रभावसँगै युद्ध थप चर्किए अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्था नै खलबलिने भय उत्पन्न हुँदा उच्च मूल्य वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ट्रेन्डिङ इकोनोमीले सार्वजनिक गरेको आजको विवरणअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिव्यारेल ११९ डलर पुगेको छ । जुन पछिल्लो ११ वर्ष यताकै उच्च हो । तेलको मूल्य बढ्दा नेपालले आयात गर्ने समग्र पेट्रोलियम पदार्थको मूल्य बढ्ने र नेपालको अर्थतन्त्रलाई नै ठूलो असर पुग्छ ।

आज बिहीबारको कच्चा तेलको मूल्य सन् १ फेब्रुअरी २०१२ को मूल्य भन्दा केही सेन्टले कम हो । त्यसदिन ब्रेन्ट कच्चा तेलको मूल्य १२० डलर प्रतिव्यारेल थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports