kumari
stcnepal

रुसले अमेरिकी राष्ट्रपति लगायत माथि प्रतिबन्ध लगायो

 रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायत माथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्ध बारे जानकारी दिएको हो ।

राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्स माथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुस माथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिका माथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । अमेरिका र पश्चिमा देशहरुले केही रुसी कम्पनीहरु माथि प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुस बाट तेल आयात पनि रोकेको छ ।

 

 

footer