kumari
stcnepal

भगवन्त मानले पञ्जाबको मुख्यमन्त्री पद तथा गोपनियताको शपथ लिए

आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्री पद तथा गोपनियताको शपथ लिएका छन् । उनको शपथ ग्रहण समारोह पञ्जाबको नवांशहर स्थित भगत सिंहको जन्मभूमि खटकड कलानमा आयोजना गरिएको छ ।

राज्यपाल बनवारीलाल परोहितले भगवन्त मानलाई पद तथा गोपनीयताको शपथ गराएको भारतीय सञ्‍चार माध्‍यमले जनाएको छ । भगवन्त मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिए । उनी प्रदेशको १७औं मुख्यमन्त्री हुन्। अहिले उनले मात्रै शपथ लिएका छन् भने अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।

उक्त अवसरमा खटकर कलानमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए । नयाँ मुख्यमन्त्रीको अपील अनुसार धेरैले पहेँलो पगरी र पहेँलो दुपट्टा लगाएका थिए । मुख्यमन्त्री मानले भगत सिंहको पहेँलो पगरीको स्मरण स्वरूप यस्तो अपील गरेका थिए । उनी आफैं पनि पहेंलो पगरी पहिरिएर शपथ ग्रहण समारोहमा उपस्थित थिए । कार्यक्रममा कोही पनि विशिष्ट अधिकारीहरद्याई निमन्त्रणा नगरिएको खबर छ । तर, समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भने उपस्थित थिए ।

 

 

 

 

footer