सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भगवन्त मानले पञ्जाबको मुख्यमन्त्री पद तथा गोपनियताको शपथ लिए

429
shares

आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्री पद तथा गोपनियताको शपथ लिएका छन् । उनको शपथ ग्रहण समारोह पञ्जाबको नवांशहर स्थित भगत सिंहको जन्मभूमि खटकड कलानमा आयोजना गरिएको छ ।

राज्यपाल बनवारीलाल परोहितले भगवन्त मानलाई पद तथा गोपनीयताको शपथ गराएको भारतीय सञ्‍चार माध्‍यमले जनाएको छ । भगवन्त मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिए । उनी प्रदेशको १७औं मुख्यमन्त्री हुन्। अहिले उनले मात्रै शपथ लिएका छन् भने अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।

उक्त अवसरमा खटकर कलानमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए । नयाँ मुख्यमन्त्रीको अपील अनुसार धेरैले पहेँलो पगरी र पहेँलो दुपट्टा लगाएका थिए । मुख्यमन्त्री मानले भगत सिंहको पहेँलो पगरीको स्मरण स्वरूप यस्तो अपील गरेका थिए । उनी आफैं पनि पहेंलो पगरी पहिरिएर शपथ ग्रहण समारोहमा उपस्थित थिए । कार्यक्रममा कोही पनि विशिष्ट अधिकारीहरद्याई निमन्त्रणा नगरिएको खबर छ । तर, समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भने उपस्थित थिए ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports