kumari
stcnepal

पाकिस्तान अस्ट्रेलिया बीच को खेल बराबर

पाकिस्तान क्रिकेट टिमले टेस्ट इतिहासमा सबै भन्दा ठूलो लक्ष्य पूरा गरी इतिहास कायम गर्न सकेन । तर, उनीहरुको साहस र हौसला भने वास्तवमै प्रशंसनीय रह्यो । कप्तान बाबर आजमले करिअरकै सर्वश्रेष्ठ १९६ रनको पारी खेले । मोहम्मद रिजवान १०४ मा अविजित रहे ।

दुवै ब्याटरको सानदार शतकको सहयोगमा पाकिस्तान टिमले कराँचीमा अस्ट्रेलियालाई बराबरीमा रोक्न सफल भयो । आजमको प्रदर्शन पछि समर्थकहरुले सामाजिक सञ्जालमा उनको तुलना भारतीय पूर्वकप्तान विराट कोहली सँग गर्न थालेका छन् । बाबरले दुई वर्षपछि टेस्ट क्रिकेटमा शतक बनाए । कोहली यही उपलब्धीका लागि साढे २ वर्ष देखि प्रतीक्षारत छन्।

बुधबार भएको खेल पछि इङ्गल्याण्डका पूर्वकप्तान तथा क्रिकेट कमेन्टेटर माइकल भोनले बाबरको खुलेर तारिफ गरे । उनले ट्वीटमा लेखे, ‘बाबर क्रिकेटका सबैखाले फम्र्याटका उत्कृष्ट ब्याट्सम्यान हुन् ।’

कराँची टेस्टको पाँचौं दिनमा अष्ट्रेलियाले पाकिस्तानलाई ५०६ रनको लक्ष्य दिएको थियो । धेरैले यो खेलमा पाकिस्तान लक्ष्य सम्म पुग्नु त परको कुरा हार टारेमा पनि ठूलो उपलब्धी हुने बताइरहेका थिए । तर पाकिस्तानले ७ विकेट गुमाएर ४४३ रन बनायो  र खेल बराबरी भयो । यो कप्तान आजमको कीर्तिमानी प्रदर्शनकै प्रतिफल थियो ।

 

 

footer