विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञमा असगर अली नियुत्त

728
shares

काठमाडौं । सूचनाप्रविधि विद् असगर अली प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त भएका छन् । उनी अवैतनिक अर्थात् सेवा सुविधा नलिने गरी सचिस्तरको विज्ञ पदमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अलीले नियुक्ति बुझेर काम थालिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । २०७४मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधि विज्ञ थिए । त्यतिबेला प्रधानमन्त्री कार्यालयमा एक्सन रुम बनाउने, मन्त्रालयहरुको कार्यसम्पदन मूल्यांकन गर्ने प्रणाली विकास गर्ने र नागरिक एप बनाउनेसहितको काममा उनले भूमिका निभाएका थिए । तर, ती प्रविधिहरु प्रयोग गर्ने र सेवा प्रवाहलाई डिजिटल माध्यममा आधारित बनाउन प्रधानमन्त्रीहरूले खासै रुची देखाएका थिएनन् ।

‘अब सरकारी सेवालाई अनलाइनमा आधारित बनाउन र सरकारी प्रणालीहरूलाई अन्तरआवद्ध गर्ने गरी सरकारले गर्नुपर्ने कामबारे उहाँले विज्ञका रूपमा भूमिका खेल्नुहुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,’प्रविधि र सरकारी सेवा जोड्ने गरी अघि बढेर पनि अलपत्र काम सक्ने प्रधानमन्त्रीको अठोट बमोजिम सरकारले काम गर्छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports