विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस, एमालेको सरकार असफल भए मुलुक नै संकटमा

663
shares

 

काठमाडौ । मुलुकमा दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार गठन गरेका हुनाले नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारसँग जनताले ठुलो आशा र भरोसा गरेका छन् । यति बेला जनतामा निराशा छाएको छ । मुलुक बाढी पहिरोले गर्दा आक्रान्त भएको छ भने बढी पहिरोले धेरै जनताको दुःखद निधन समेत भईसकेको छ । यस्तो दुखद अवस्थामा सरकराले आफ्ना नागरिकलाई दिनुपर्ने सेवा सुविधा विगतको पुष्पकमल दाहाल सरकारले ध्यान नपु¥याएको हुनाले ओली सरकारबाट जनताले सेवा सुविधा पाउने आशा गरेका छन् ।
मुलुकको राजधानी काठमाडौमा नै बर्षाको बेला पनि खानेपानी हाहाकार भएको छ । जनताले ट्याँकरबाट पानी किनेर खानुपर्ने वाध्यता रहेको छ । जनताका घरमा धारा छन् पानी आउँदैन । पानी नआउने धाराको मासिक शुल्क भने तिरिरहनुपर्ने बाध्यतामा जनता रहेका छन् । देख्दा सानो कुरा भएपनि जनतालाई ठुलो मार परेको हुनाले अब ओली सरकारले धारामा पानी नआउने पानीको शुल्क मिनाह गर्नुपर्ने आवश्यकता रहेको छ ।
जनताका समस्याहरु एकै पटक समाधान हुन सक्ने सम्भावना नभएपनि क्रमशः त्यस्ता समस्याहरु समाधान गरिँदै अघि बढ्नु ओली सरकारकै हितमा हुनेछ । कांग्रेस र एमालेको गरी झण्डै दुई तिहाई मत रहेकाले गर्दा सरकार जोगाउन सरकार लागि पर्नुपर्ने बाध्यता ओली सरकारलाई छैन । कांग्रेस र एमाले मिलेर सरकार निर्माण मात्र गरेका छैनन् दुवै दलका अध्यक्ष र सभापति आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका हुनाले दुवै दलले एकले अर्कोलाई विश्वास गरेर अघि बढ्न सक्नुपर्दछ । यदि कांग्रेस र एमालेको संयुक्त सरकार पनि असफल सावित भए मुलुक नै असफलताको मार्गतर्फ उन्मुख हुने निश्चित जस्तै रहेकाले त्यसतर्फ ओली सरकारले मात्र होइन कांग्रेस र एमालेले नै ध्यान पु¥याउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports