kumari
stcnepal

टस जितेर नेपाल फिल्डिङ गर्दै, कमल सिंह ऐरी आजको टोलीमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएई विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन् । नेपालले पीएनजीलाई हराउने टोलीमा एक परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरी मैदान उत्रिएका छन् ।

 

 

 

footer