kumari
stcnepal

यूएई विरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा यूएई विरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।नेपाली टोलीमा आज तीन परिवर्तन गरिएको छ । आसिफ शेख, कमल सिंह ऐरी र सागर ढकालको स्थानमा विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफलाई टिममा राखिएको छ ।

पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छ । नेपाल पछिल्लो खेलमा यूएई सँग नै पराजित भएको थियो भने त्यसपछि यूएई पपुवा न्यु गिनी सँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो । अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि यूएई विरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।

 

footer