kumari
stcnepal

टस जितेर नेपालले पीएनजी विरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ ।

आजको खेलमा दुई जना खेलाडी परिवर्तन गरिएको छ । ज्ञानेन्द्र मल्ल र विक्रम सोब आज प्लेइङ ११ मा परेका छैनन् । सोमबार यूएई विरुद्ध नखेलेका आसिफ शेख आज खेल्दैछन् । यस्तै भीम सार्कीले आज डेब्यु गरेका छन् । यसै शृङखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि नेपालले यूएई सँग लगातार दुई खेलमा हार बेहोर्‍यो । पीएनजीले भने यूएईलाई हराएर लिग टू मा १४ खेलको हारको शृङखला तोड्दै पहिलो जित हात पारेको छ ।

यस शृङखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनेको छ । पछिल्ला दुई खेलमा नेपाल यूएई विरुद्ध १२० र १०३ रनमा अलआउट भएको थियो । नेपालले पूरा ५० ओभर ब्याटिङ गर्न संघर्ष गरिरहेको छ ।

 

 

footer