kumari
stcnepal

नेपाली पुरुष फुटबल टिमले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत टिम अफ दि इअरको अवार्ड पायो

काठमाडौं । नेपाली पुरुष फुटबल टिमले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत टिम अफ दि इअरको अवार्ड जितेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो । फुटबल टिमले २०७७ साल चैत महिनामा दशरथ रंगशालमा आयोजना भएको थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

बंगलादेश र कीर्गिस्तानको यू२३ टिम सम्मिलित उक्त प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

 

 

 

footer