kumari
stcnepal

नेपालले पीएनजीलाई ७ विकेटले हरायो

काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा पपुवा न्यूगिनी(पीएनजी)विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो ।

दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरे ।शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए । दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।

 

 

 

footer