kumari
stcnepal

पारस खड्का र सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुष तर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई समर्पित गरे । उनले भने, ‘टिम बिना म केही होइन, सबै टिमकै कारण संभव भएको हो ।’

राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिला तर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् ।

पारस र  सावित्रा दुवैले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन्

 

 

footer