kumari
stcnepal

नेपाल र थाइल्यान्ड बीचको मैत्रीपूर्ण फुटबल सुरु भयो

काठमाडौं । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाल र थाइल्यान्ड बीचको मैत्रीपूर्ण फुटबल सुरु भएको छ ।

नेपाल र थाइल्यान्ड बीचको खेल थाइल्याण्डको चोनबुरी स्टेडियममा सुरु भएको हो । थाइल्याण्ड र नेपाल दुवैले यसलाई एसियन कपको तयारीको रुपमा लिएका छन् । छनोट खेलको समूह ए मा नेपाल सँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । यस्तै थाइल्याण्डको समूहमा उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।

थाइल्याण्ड र इन्डोनेसिया नजिकका टिम रहेको अनि उनीहरुको लेभल पनि जोर्डन र कुवेत जस्तै रहेकाले नेपालले थाइल्याण्ड सँग मैत्रीपूर्ण खेल खेलेको हो ।

 

 

footer