अमेरिकाले युक्रेनलाई थप सहयोग गर्ने तयारी गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ।
सर्वसाधारणका लागि सुरक्षा सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई थप एक १०० मिलियन डलर सहयोग गर्ने तयारी गरेको हो । सो सहयोग रकम युक्रेनको आन्तरिक मामिला मन्त्रालयको क्षमता बिस्तारका लागि खर्च हुनेछ । अमेरिकका विदेशमन्त्री एन्टोनी ब्लिंकनले थप सहयोग युक्रेनको सीमा सुरक्षा, महत्वपूर्ण सरकारी संरचनाको रक्षा सहितका लागि खर्च हुने बताएका छन् ।
यसै बीच रुसले खार्किभमा रहेको परमाणु अनुसन्धान रियाक्टरमा मिसाइल आक्रमण गरेको छ । द किएभ इन्डिपेन्डेन्टका अनुसार रुसी गोलाबारीको निशाना खार्किभमा रहेको परमाणु अनुसन्धान क्षेत्र बनेको हो ।