linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले युक्रेनलाई १०० मिलियन डलर सहयोग गर्ने

559
shares

अमेरिकाले युक्रेनलाई थप सहयोग गर्ने तयारी गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ।

सर्वसाधारणका लागि सुरक्षा सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई थप एक १०० मिलियन डलर सहयोग गर्ने तयारी गरेको हो । सो सहयोग रकम युक्रेनको आन्तरिक मामिला मन्त्रालयको क्षमता बिस्तारका लागि खर्च हुनेछ । अमेरिकका विदेशमन्त्री एन्टोनी ब्लिंकनले थप सहयोग युक्रेनको सीमा सुरक्षा, महत्वपूर्ण सरकारी संरचनाको रक्षा सहितका लागि खर्च हुने बताएका छन् ।

यसै बीच रुसले खार्किभमा रहेको परमाणु अनुसन्धान रियाक्टरमा मिसाइल आक्रमण गरेको छ । द किएभ इन्डिपेन्डेन्टका अनुसार रुसी गोलाबारीको निशाना खार्किभमा रहेको परमाणु अनुसन्धान क्षेत्र बनेको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports