kumari
stcnepal

श्रीलंकामा संकटकाल, सुरक्षाफौजलाई असिमित अधिकार प्रदान

काठमाडौं । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलि पल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकाल सँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् ।

‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको’ उनले एक घोषणामा भनेका छन् । सरकारले राजधानी कोलम्बो सहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो ।

२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायत बाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्य बृद्धि आकाशिएको छ भने दैनिक १० घन्टा भन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरु नै स्थगित गरिएका छन् ।

 

 

 

footer