विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलंकामा संकटकाल, सुरक्षाफौजलाई असिमित अधिकार प्रदान

676
shares

काठमाडौं । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलि पल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकाल सँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् ।

‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको’ उनले एक घोषणामा भनेका छन् । सरकारले राजधानी कोलम्बो सहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो ।

२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायत बाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्य बृद्धि आकाशिएको छ भने दैनिक १० घन्टा भन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरु नै स्थगित गरिएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports