kumari
stcnepal

सरकारमा सहभागी हुन श्रीलंकाली राष्ट्रपतिको सबै दललाई अपिल

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । उनले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै दलहरुलाई सरकारमा सहभागी हुन निम्तो दिएका हुन् ।

आइतबार राति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तर बाट प्रदर्शन सुरु भएपछि उनीहरले राजिनामा दिएका हुन् । ५ वर्षका लागि प्रत्यक्ष निर्वाचित श्रीलंकाका राष्ट्रपतिलाई जुनसुकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद विघटन र गठन गर्ने अधिकार छ ।

गत बिहीबार आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति राजपाक्षेको निजी निवास घेराउका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गरेका थिए । त्यसपछि सरकारले देशभर संकटकाल लगाएको छ ।

 

 

 

footer