विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारमा सहभागी हुन श्रीलंकाली राष्ट्रपतिको सबै दललाई अपिल

689
shares

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । उनले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै दलहरुलाई सरकारमा सहभागी हुन निम्तो दिएका हुन् ।

आइतबार राति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तर बाट प्रदर्शन सुरु भएपछि उनीहरले राजिनामा दिएका हुन् । ५ वर्षका लागि प्रत्यक्ष निर्वाचित श्रीलंकाका राष्ट्रपतिलाई जुनसुकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद विघटन र गठन गर्ने अधिकार छ ।

गत बिहीबार आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति राजपाक्षेको निजी निवास घेराउका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गरेका थिए । त्यसपछि सरकारले देशभर संकटकाल लगाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports