kumari
stcnepal

पाकिस्तानका प्रधानमन्त्री खान पद मुत्त, बिश्वासको मत लिने असफल

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनी विरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भए सँगै खान पदमुक्त भएका हुन् । पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसद मध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परे सँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन् ।

राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै विपक्षी दल पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तान संविधान र कानुनलाई पुनः स्थापित गर्न चाहेको बताए । पाकिस्तानी प्रधानमन्त्री विरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो ।

 

 

footer