kumari
stcnepal

शहबाज शरीफ बने प्रधानमन्त्रीको उम्मेदवार

पाकिस्तान ।  पाकिस्तानमा विपक्षी दलहरूको गठबन्धनले पाकिस्तान मुस्लिम लीग–नवाजका नेता शहबाज शरीफलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् ।

सोमवार संसदमा प्रधानमन्त्रीको निर्वाचन गरिँदैछ । प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वास प्रस्ताव पारित भएर उनी सत्ताच्युत भएपछि उनको स्थानमा शहबाज प्रधानमन्त्री बन्न लागेका हुन् ।

शहबाज पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन् ।  पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टो जरदारी परराष्ट्रमन्त्री बन्न सक्ने बताइएको छ । एजेन्सी

 

 

footer