kumari
stcnepal

इटहरीमा रित्तियो माओबादी, एक जनप्रतिनिधि थिए ति पनि एमालेमा प्रवेश

सुनसरी । इटहरी उपमहानगरपालिकामा माओवादी केन्द्र वाट निर्वाचित एक मात्र वडा सदस्य राम नारायण चौधरीको नेतृत्वमा १५५ जना नेकपा एमाले प्रवेश गरेका छन् ।

वडा नम्वर १० का वडासदस्य चौधरीको नेतृत्वमा माओवादी केन्द्र बाट एमाले प्रवेश गरेका १५५ जनालाई नेतृ भगवति चौधरी, तैयव हुसेन र लक्ष्मी गौतमले अविर लगाएर स्वागत गर्नुभएको छ । एमाले प्रवेश गर्दै वडा सदस्य चौधरीलेले देश र जनताको हीतमा काम गर्ने पार्टी एमाले मात्र रहेकाले एमाले प्रवेश गरेको बताउनुभयो ।

उहाँले माओवादी पार्टी र प्रचण्ड बाट मुलुक माथि ठूलो गद्धारी भएको र सोही दिशामा अघि बढने देखे पछि आफू टीम सहित बिकासको नेतृत्व गर्ने पार्टी एमालेमा आएको बताउनु भयो । चौधरीको प्रवेश सँगै इटहरी गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको हिसावमा सून्यमा झरेको छ ।

 

 

footer