kumari
stcnepal

सत्ता गठबन्धनको लुम्बिनी प्रदेशमा संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय

बुटवल। लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनले संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । सोमबार बुटवलमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुद बनाउने सहमति जनाउँदै गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी प्रचार संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै संयुक्त स्थलगत अनुगमन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा बोमबहादुर खत्री रहेका छन् ।

बैठकले गठबन्धनमा रहेका दलहरु मध्ये कुनै दलले अन्य कुनै दल सँग एक्लै चुनावी तालमेल गर्न नपाउने निर्णय गरेको छ । बैठकले जिल्लास्तरीय संयन्त्रको बैठक बाट सहमति कायम गरी रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्रे आलमको सहभागिता रहेको थियो ।

 

 

 

footer