विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धनको लुम्बिनी प्रदेशमा संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय

598
shares

बुटवल। लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनले संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । सोमबार बुटवलमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुद बनाउने सहमति जनाउँदै गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी प्रचार संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै संयुक्त स्थलगत अनुगमन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा बोमबहादुर खत्री रहेका छन् ।

बैठकले गठबन्धनमा रहेका दलहरु मध्ये कुनै दलले अन्य कुनै दल सँग एक्लै चुनावी तालमेल गर्न नपाउने निर्णय गरेको छ । बैठकले जिल्लास्तरीय संयन्त्रको बैठक बाट सहमति कायम गरी रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्रे आलमको सहभागिता रहेको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports