kumari
stcnepal

सत्ता गठबन्धनको बैठकले आज तालमेलको मापदण्ड तयार गर्ने

काठमाण्डौ । स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्न लागेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सफल बनाउने बारे विषयमा छलफल हुने बताए ।

उनले भने, ‘गठबन्धनका उम्मेदवार जिताउने बारे विस्तृत छलफल भएको हुन्छ । चुनावी तालमेलको मापदण्ड बारे पनि निष्कर्षमा पुग्छौँ ।’ गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।


देशैभर ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धन भित्र तालमेलको मापदण्ड बारे सहमति भइसकेको छैन ।

नेकपा एकीकृत समाजवादीका नेता खनालले पनि आजको बैठकले संयन्त्र मार्फत तालमेलको मापदण्ड तयार पार्ने बताए । उनले भने, ‘कुन तह बाट कसरी एक–आपसमा एकता गर्ने भन्ने बारे मंगलबार बैठकमा एउटा मापदण्ड बनाउछौं ।’

 

 

 

footer