linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धनको बैठकले आज तालमेलको मापदण्ड तयार गर्ने

819
shares

काठमाण्डौ । स्थानीय निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्न लागेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सफल बनाउने बारे विषयमा छलफल हुने बताए ।

उनले भने, ‘गठबन्धनका उम्मेदवार जिताउने बारे विस्तृत छलफल भएको हुन्छ । चुनावी तालमेलको मापदण्ड बारे पनि निष्कर्षमा पुग्छौँ ।’ गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।


देशैभर ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धन भित्र तालमेलको मापदण्ड बारे सहमति भइसकेको छैन ।

नेकपा एकीकृत समाजवादीका नेता खनालले पनि आजको बैठकले संयन्त्र मार्फत तालमेलको मापदण्ड तयार पार्ने बताए । उनले भने, ‘कुन तह बाट कसरी एक–आपसमा एकता गर्ने भन्ने बारे मंगलबार बैठकमा एउटा मापदण्ड बनाउछौं ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports