kumari
stcnepal

प्रत्येक नेपालीको भागमा ६३ हजार ५ सय ऋणको बोझ

 

काठमाडौँ । नेपालको अर्थतन्त्रको विकराल रुप देखिएको छ । सरकारले अर्थतन्त्र सामान्य रहेको भनेर दावी गरेपनि पछिल्लो ८ महिनामा निकै धराशयी बनेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालको ऋण बोझ बढेको छ । शोधनान्तर घाटा बढेर ८ महिनामा २५८.६४ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ८ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार नेपालको शोधनान्तर घाटा २ सय ५८ अर्ब ६४ करोड रुपियाँ पुगेको हो ।

तथ्यांकअनुसार प्रत्येक महिना घाटा बढेको हो ।

चालु आर्थिक वर्षको शुरुवातदेखि नै दबाबमा रहेको बाह्य क्षेत्रको घाटा फागुनसम्म आइपुग्दा ११ सय ६० अर्र्ब भन्दा पनि नाघेको छ । आयातमा आधारित अर्थतन्त्र रहेको नेपालमा वैदेशिक लगानीमा पनि खासै वृद्धि नहु्नु्, रेमिट्यान्सले नै प्रमुख आयातलाई धानिरहेकोमा यसको वृद्धि दर पनि घटन थाल्नु र यही समयमा सरकारले विकास बजेट खर्च गर्न नसक्दा शोधभर्नाबापत् नेपाल भित्रिने रकम समेत नआउँदा बाह्य क्षेत्रमा चर्को दबाब परेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष पहिलो श्रावण महिनामा ३८.७५ अर्ब रुपियाँले नकारात्मक रहेको शोधनान्तर घाटा भदौ ८३.४१ अर्ब पुगेको थियो । असोज महिनामा ७६.१३ अर्ब रुपियाँ पुगेपछि अब अर्थतन्त्र ट्र्याकमा आएको हो भन्ने अड्कन गर्न नपाउँदै कार्तिक महिनाको तथ्यांक आउँदा शोधनान्तर स्थिति १५०.३८ अर्बले नकारात्मक भएको देखायो ।

८ महिना भित्र नेपालमा रेमिट्यान्सको रुपमा ६३१ अर्ब १९ करोड रुपियाँ नेपाल भित्रिए पनि चुलिँदो व्यापार घाटा पुर्ति गर्न सकिने गरी रकम भित्रिन नसक्दा शोधनान्तर घाटा यथास्थितिमै रहन पुगेको हो । आठ महिनामा नेपालले १४७ अर्ब ७५ करोडको सामान निर्यात गरेर १३ सय ८ अर्ब ७३ करोडको सामान आयात गरेको छ ।त्यस्तै,प्रत्यक नेपालीको भागमा ऋण बोझ पनि बढेर ६३ हजार ५०० रुपैयाँ पुगेको छ । २०७७ सालमा ऋण बोझ ४२ हजार रुपैयाँ थियो ।

 

footer