kumari
stcnepal

स्वतन्त्र रुपमा या सुर्य चिन्ह बाट चुनाव लड्न विप्लवलाई ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिदै चुनाव सार्ने षडयन्त्रमा लागेको बताएका हुन् ।

‘प्रतिगामी तत्वहरु अहिले पनि चुनाव सार्ने कोशिस गरिरहेका छन् । चुनाव सारेर स्थानीय तह रिक्त गर्दिने । लोकतन्त्र रहन्छ रु लोकतन्त्र समाप्त पार्ने’, ओलीले ०५९ सालमा पनि शेरबहादुर देउवाले त्यसै गरेको बताए । उनले देउवालाई आग्रह गर्दै भने, ‘यसपटक शेरबहादुरजीको त्यो खराव रेकर्ड नदोहोरियोस् ।’ उनले प्रधानमन्त्री देउवा सहित प्रचण्ड माधव चुनाव रोक्ने षडयन्त्रमा लागिसकेको दावी समेत गरे ।

‘अहिले विप्लवलाई अघि सार्नुभएको छ । १३ महिना अघि विप्लवजी शान्ति प्रक्रियामा आउनुभयो । अहिले आएर उहाँ पार्टी दर्ता गर्न समय चाहियो’, ओलीले विप्लवलाई लोकतन्त्र विरुद्धको षडयन्त्रको मतियार नहुन आग्रह समेत गरे । ‘विप्लवजी षडयन्त्रको शिकार हुने खतरा देख्दैछौ’, ओलीको भनाइ छ । उनले विप्लवले चुनाव लड्ने हो भने स्वतन्त्र रुपमा लड्नुपर्ने या सुर्य चिन्ह बाट चुनाव लड्न सुझाव समेत दिए । ‘होइन भने तपाईँहरुका कार्यकर्ताले जित्ने ठाउमा उम्मेदवार उठाउनुस्, पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंहरुकै रहन्छन्, तर सूर्य चिन्ह बाट चुनाव लड्नुस् आराम सँग, जित्ने तरिका त्यो हो !’

उनले विप्लवलाई इमान्दार नेताका रुपमा आफुले चिनेको भन्दै प्रचण्डहरूको शिकार बनेर बहानाबाजी बनाएको त होइन भनेर प्रश्न समेत गरे । उनले विप्लवका कार्यकर्ताहरूलाई रिहा गर भन्दै त्यसको बहानामा चुनाव सार्न नपाइने र त्यो देशका विरुद्धको षड्यन्त्र हुने बताए ।

 

 

footer