kumari
stcnepal

देशको वर्तमान अवस्थाका ५ चुनौतीहरु बताए कमल थापाले

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्थाका ५ चुनौती रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनताको माझमा राप्रपा नेपालः वर्तमान चुनौती र विकल्प’ विषयक अन्तरक्रियामा बोल्दै थापाले यस्तो बताएका हुन् ।

सो क्रममा उनले देशको वर्तमान अवस्थाका ५ चुनौतीको रुपमा संकटग्रस्त अर्थतन्त्र, कमजोर राष्ट्रियता, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, धर्म परिवर्तन र भ्रष्टाचारलाई उल्लेख गरे । सो क्रममा उनले राजनीतिक परिवर्तन मार्फत जनस्तरमा परिवर्तन आउनु पर्नेमा जोड दिए । त्यसो हुन नसके राजनीतिक परिवर्तनको औचित्य नहुने उनको भनाइ छ ।

footer