kumari
stcnepal

निर्वाचन आयोगले संविधान कुल्चिएको आरजु देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले निर्वाचन आयोगले संविधानलाई कुल्चिएको आरोप लगाएकी छिन् ।निर्वाचन आयोगले स्थानीय तहको प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्ष मध्ये कुनै एक पदमा मात्र उम्मेद्वारी दर्ता गराउँदा महिलालाई नै उम्मेद्‍वार बनाउनु पर्ने बाध्यकारी व्यवस्था नगरेकोमा असन्तुष्टि जनाउँदै उनले आयोगले संविधान कुल्चिएको आरोप लगाएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनले आफ्नो फेसबुकमा लेखेकी छिन् । ‘नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’

आरजुले उल्लेख गरेको संविधानको धारा ३८(४)मा लेखिएको छ, ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।’

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) मा राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ । तर प्रमुख र उपप्रमुखमध्ये एउटा मात्र पदमा उम्मेदवारी दिँदा भने उम्मेदवारको लिङ्ग हेर्नुपर्ने छैन ।

आरजु राणा देउवाको फेसबुक स्टाटस :

 

footer