kumari
stcnepal

मंगलबार दोहोरो अङ्कले बढेको शेयर बजार बुधबार फेरी ओरालो

काठमाण्डौ ।  मंगलबार दोहोरो अङ्कले बढेको शेयर बजार बुधबार पनि फेरी ओरालो लागेको छ । बजार २२ सयको विन्दुमा आइपुग्न लागेपछि लगानीकर्ता भने आत्तिन थालेका छन ।

बुधबार नेप्से परिसूचक करिव ३७ अङ्कले घटेर समग्र बजार २३२० मा आएको छ । यो विन्दु विगत एक वर्ष यताकै न्यून विन्दु मध्यको एक हो । नेप्सेमा मात्र गिरावट आएको छैन कारोबार रकममा पनि खासै सुधार हुन सकेको छैन । आज २२८ कम्पनीहरूको १ अर्ब ४५ करोड माथिको शेयर किनबेच भएको छ ।

नेप्सेका सबै उपसूचकमा रातो पोतिँदा २ कम्पनीको शेयर मूल्यमा भने सर्किट लागेर कारोबार भएको छ । साथै नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज ९ कम्पनीको मात्र शेयर मूल्य बढ्दा बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ ।

 

 

 

footer