kumari
stcnepal

कृतिका मरासिनी यू-१९ महिला क्रिकेटको कप्तानको रुपमा घोषणा

काठमाडौं ।यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो ।

मलेसियामा हुने यू-१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो ।

४ जुन देखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

footer