kumari
stcnepal

नेप्से सूचक ३५.५३ अंकले घट्यो

काठमाडौं ।बजेट पछिको दुई कारोबार दिनमा नेप्से सूचक ८५ अंकले घटेको छ । बजेट अगाडी शेयर बजारका विषयका पनि केहि संबोधन हुने चर्चाले बढेको थियो । तर बजेटले लगानीकर्ताले अपेक्षा गरे अनुसार खासै केहि पनि नआए पछि हिजो सोमबार र आज शेयर बजारमा भारी गिरावट आएको छ ।

लगानीकर्ताहरुले बजेट पछि शेयर बजार बढ्ने अनुमान गरिरहेका थिए । बजेट आयो तर शेयर बजार भने बढ्नुको सट्टा उल्टै घटिरहेको छ । अहिले बजारमा दीर्घकालिन लगानीकर्ता भन्दा पनि अल्पकालिन लगानीकर्ताहरु अझ नियमित रुपमा कारोबार गर्ने मात्रै छन् । उनिहरुले बजारको सप्लाइ धान्न तथा बजार बढाउने सामर्थ्य राख्दैनन् ।

मंगलबार नेप्से सूचक ३५.५३ अंकले घटेको छ । नेप्से सूचक १.६३ प्रतिशतले घटेर २१३७.९२ अंकमा रोकिएको छ । तीन अर्ब ३१ करोड रुपैयाँको कारोबार हुँदा १७५ वटाको मूल्य घटेको छ । सर्वाधिक धेरै उपकार लघुवित्तको शेयर मूल्य ८.२३ प्रतिशतले बढेको छ।

footer