विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से सूचक ३५.५३ अंकले घट्यो

546
shares

काठमाडौं ।बजेट पछिको दुई कारोबार दिनमा नेप्से सूचक ८५ अंकले घटेको छ । बजेट अगाडी शेयर बजारका विषयका पनि केहि संबोधन हुने चर्चाले बढेको थियो । तर बजेटले लगानीकर्ताले अपेक्षा गरे अनुसार खासै केहि पनि नआए पछि हिजो सोमबार र आज शेयर बजारमा भारी गिरावट आएको छ ।

लगानीकर्ताहरुले बजेट पछि शेयर बजार बढ्ने अनुमान गरिरहेका थिए । बजेट आयो तर शेयर बजार भने बढ्नुको सट्टा उल्टै घटिरहेको छ । अहिले बजारमा दीर्घकालिन लगानीकर्ता भन्दा पनि अल्पकालिन लगानीकर्ताहरु अझ नियमित रुपमा कारोबार गर्ने मात्रै छन् । उनिहरुले बजारको सप्लाइ धान्न तथा बजार बढाउने सामर्थ्य राख्दैनन् ।

मंगलबार नेप्से सूचक ३५.५३ अंकले घटेको छ । नेप्से सूचक १.६३ प्रतिशतले घटेर २१३७.९२ अंकमा रोकिएको छ । तीन अर्ब ३१ करोड रुपैयाँको कारोबार हुँदा १७५ वटाको मूल्य घटेको छ । सर्वाधिक धेरै उपकार लघुवित्तको शेयर मूल्य ८.२३ प्रतिशतले बढेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports