kumari
stcnepal

नेप्से सूचक ७.२१ अंकले घटेर २१३० अंकमा

काठमाडौं ।शेयर बजार लगातार घट्ने क्रम आज पनि रोकिएन । आज कारोबार सुरु भएको केहि समयमा सुधार हुन खोजे पनि अन्तिममा बजार बढ्न सकेन । बुधबार नेप्से सूचक ७.२१ अंकले घटेर २१३० अंकमा बन्द भएको छ ।

अन्तिम समयमा केहि सुधार हुन खोजे पनि कारोबार रकम भने एक अर्ब ७ करोड रुपैयाँमा सिमित भएको छ । विकास बैंक हाइड्रोपावर र फाइनान्सको सूचकमा सुधार देखिए पनि बाँकी सूचकहरु घटेका छन् । आज १०१ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ८४ वटा कम्पनीको मूल्य घटेको छ ।

बुधबार मैलुख खोला र बलेफी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक सुधार हुने क्रममा सर्किट लागेको छ । आजै लाभांश नदिने घोषणा गरेको शेयर इन्स्योरेन्स कम्नपीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्यमा आज पनि ठुलो गिरावट आयो तर कारोबार रकममा भने उल्लेख्य बृद्धि भएको छ ।

 

 

footer