kumari
stcnepal

साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेश सँग ३-१ ले पराजित

काठमाडौं ।साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेश सँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेश सँग ३-१ ले पराजित भएको हो ।

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा नै दुई गोल खाएको थियो । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो । दोस्रो हाफको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो । तर बंगलादेशले पुन गोल गर्दै ३–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

सन् २०१६ को साफ फुटबलको फाइनलमा भारत सँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

footer