kumari
stcnepal

सशस्त्र प्रहरी बलले माग्यो प्रहरी निरीक्षक र असई

काठमाडौं ।सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुन तर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूह तर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आज देखि ७ कात्तिक भित्र आवेदन दिन सकिने जनाइएको छ ।

footer