kumari
stcnepal

आज थपिए ५१ जना कोरोनाका संक्रमित

काठमाडौं ।नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार २०६ पीसीआर परीक्षणमा ४० जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि निधन भएको छैन । त्यस्तै, थप १०० जना संक्रमणमुक्त हुँदा हाल सम्म नेपालमा ९ लाख ८६ हजार ३३५ जना निको भएका छन् ।

नेपालमा हाल एक हजार २२३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

footer