kumari
stcnepal

लोसपाका ६ केन्द्रीय सदस्य सहित कपिलबस्तु जिल्ला समिति नै एमालेमा प्रवेश

कपिलवस्तु ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ६ जना केन्द्रीय सदस्य सहित कपिलवस्तु जिल्ला समिति नेकपा एमालेमा समाहित भएको छ । मङ्गलवार कपिलवस्तुको पकडीमा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रीय सदस्यहरू मधुसदन शरण चौधरी, सन्तराम अग्रहरी, भगवानदास चौधरी, राजमति यादव, सरसती चमकटिया र जामवन्ती भुज (गुप्ता) एमालेमा प्रवेश गरेका हुन् ।

त्यसैगरी लोसपाका कपिलवस्तु जिल्ला समितिका अध्यक्ष कैलाश अग्रहरी र सिङ्गो जिल्ला समितिका साथै मातहतका सबै समिति पनि एमालेमा समाहित भएको घोषणा गरियो । कार्यक्रममा लोसपा र अन्य दलहरू त्याग गरी तीन हजार जना भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माला र अवीर लगाई पार्टीमा स्वागत गरेका थिए ।

सो कार्यक्रमलाई सम्वोधन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले हुलाकी सडक बने सँगै तराईको मुहार फेरिएको बताए । तराइृ मधेश समृद्धि कार्यक्रम, सीमा क्षेत्र विकास, राजमार्गलाई चौडा पार्ने काम, राजमार्ग देखि तराईको सदरमुकामका जिल्लालाई चार लेनको सडकमा विस्तार गर्ने काम नेकपा एमालेको सरकारले गरेको उनको जानकारी दिए ।

footer