सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहालको सपना चक्नाचुर हुने निश्चित

455
shares

नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना भन्दा बढी भएपनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । नेपाली काग्रेस माओवादी केन्द्रका जसपाको उपेन्द्र यादव पक्ष, माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर काग्रेसका सभापति देउवालाई प्रभानमन्त्री बनाएका थिए । माधव नेपाल समुह नेकपा एमाले नै भएको भएपनि उक्त समुहले पार्टीको निर्देशन उल्लघन गरी देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको र देउवाले श्रावण ३ गते ससदवाट विश्वासको मत लिदा माधव समुहका नेपाल सहितका २२ सासदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । तत्कालीन प्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार हटाउन भन्दै माधव समुह गत मंसिर भन्दा अगाडीदेखी नै समुह वनाएर पार्टी अध्यक्ष ओलीको विरुदमा लागेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले तत्कालीन नेपाल कम्युनिष्ठ पार्टी भित्रको आन्तरिक द्धन्दले गर्दा आफ्नो नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव ससदमा पेश हुन सक्ने सम्भावना रहेपछि गत पुष ५ गते प्रतिनिधिसभाको पहिलो पटक विघटन गरेका थिए ।

पुष ५ गते प्रतिननिधिसभाको विघटन प्रश्चात तत्कालीन नेपाल कम्युनिष्ठ पार्टी भित्रको आन्तरिक द्वन्द सडकमै छताछुल्ल भएको थियो । प्रतिनिधिसभाको विघटन प्रश्चात सो मुद्धा सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्च अदालतको सम्वैधानीक इजलासले विघटनलाई असम्वैधानिक भन्दै गत फागुन ११ गते पुन स्थापना गरी दिए पनि संसद काम विहिन अवस्थामा रहेको र सत्ताधारी दलकै कारण सरकारले काम गर्न नसकेको र ससदले समेत काम गर्न नसकिरहेका वेला २०७५ साल जेष्ठ ३ गते एकीकृत भएको नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई सर्वोच्च अदालतले वदर गर्दै नेपाल कम्युनिष्ठ पार्टीको दर्ता नै फागुन २३ गते वदर गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई अलग अलग अस्तित्वमा कायम गरिदिएपछि पनि माधव समुह नेकपा एमालेमा फर्किनुको बदला अलग समुह बनाएर आफुलाई नेकपा एमाले नै भन्दै प्रधानमन्त्री ओलीको विरुद्धमा खनिएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ साल बैशाख २७ गते ससदबाट विश्वासको मत लिने दिन माधव समुह ससदमा उपस्थित नभएको हुनाले ओली विश्वासको मत लिन असफल भए । प्रधानमन्त्रीले विश्वासको मत लिन असफल भए प्रश्चात संविधानका अन्य धारा अनुसार सरकार निमार्ण गर्ने प्रक्रिया सञ्चालनमा आए पनि दुई वा दुई भन्दा बढी दलको सरकार निमार्ण हुन सकेन । त्यही कारणले गर्दा गत संविधानको धारा ७६ को ५ अनुसार ससदमा रहेका सासदहरुले आफुले विश्वासको मत पाउन सक्ने आधार देखिएर राष्ट्रपतिकहा प्रधानमन्त्रीको दावी गर्न सक्ने प्रकृया अघि बढ्यो सो प्रकृयानुसार तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका सासद १ सय २१ र जसपाका सासद ३२ को आफूलाई समर्थन रहेको दावी राष्ट्रपतिकहाँ गरेका थिए भने नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले काग्रेसका ६१, माओवादी केन्द्रका ४९ जसपाका ३२, माधव नेपाल समुहका २६ र राष्ट्रिय जनमोर्चाका १ को आफुलाई समर्थन रहेको दावी राष्ट्रपतिकहाँ गरेका थिए ।

ओली र देउवालाई समर्थन गर्नेहरुले दुवैलाई समर्थन गरेका हुनाले राष्ट्रपतिले दुवैको दावीलाई खारेज गर्दै सरकारको सिफारिसमा जेष्ठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन गरी कात्र्तिक २६ र मंसीर ३ गते गरी दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन गराउने घोषणा गरेकी थिइन् । त्यस विषयमा समेत अदालतमा मुद्धा प¥यो । सर्वोच्च अदालतको सम्वैधानीक इजासलले असार २८ गते प्रतिनिधिसभाको विघटनलाई असम्वैधानिक भन्दै प्रतिनिधिसभा पुन स्थापना र २८ घण्टा भीत्रमा शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिएअनुसार २९ गते शेरवहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

अहिलेको मुलुकको अवस्था भनेको यहि हो जो उल्लेख गरिएको नै सत्य वास्तविकता हो । आफ्नै पार्टी नेतृत्वको सरकारलाई हटाएर अर्को दलका नेतालाई प्रधानमन्त्री वनाउन लागि पर्नुको आवश्यकता नै किन ? माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त्यस्का कारक हुन् । उनी जहिलेसुकै पनि सत्तालाई आफ्नो प्रभावमा राख्न चाहन्छ् । जव त्यो सम्भव हुदैन तव उनी षड्यन्त्र सुरु गर्न तयार हुन्छ ।

अहिले जुनसुकै सर्तमा पनि उनी नेकपा एमालेलाई विभाजन गराएर आउदो प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा सवैभन्दा ठूलो पार्टीका अध्यक्ष बन्न चाहिरहेका छन् । त्यही कारणले गर्दा उनी प्राय प्रत्येक दिन माधव नेपालको निवासमा पुगेर माधव नेपाललाई उचालिरहेका छन् । नँया पार्टी निर्माण गर्न नेपाल कम्युनिष्ठ पार्टीका अध्यक्ष हुदैका समयमा उनले माधव नेपाललाई आफ्नो पक्षमा ल्याएका थिए । अहिले पनि निरन्तर कायम रहेको छ । आफुलाई सर्वहाराको नेता भन्न रुचाउने दाहालले कम्युनिष्ठ पार्टी नेतृत्वका सरकार ढालेर उनको शव्दमा पुजीपतिहरुको सरकार वनाउन किन सकृय भए त्यो नै रहस्य को विषय वनेको छ ।

अध्यक्ष दाहालले अहिले बनेको गठवन्धनलाई आउदो निर्वाचन सम्म वचाईराख्नु पर्ने भन्दै आएका छन् । त्यस्को एउटै कारण हो त्यही गठवन्धलाई प्रयोग गरेर आफ्नो पार्टीलाई ठूलो पार्टी वनाउने तर अहिलेको अवस्थामा कम्युनिष्ठहरु विभाजित भएको र कम्युनिष्ठहरुको जनघार क्रमशमा ह्रास हुदै आएको भएपनि नेकपा एमाले नै वलियो देखिएकाले गर्दा र काग्रेस एक भएको खण्डमा दाहालको सपना चक्नाचुर हुने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports