kumari
stcnepal

दाहालको सपना चक्नाचुर हुने निश्चित

नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना भन्दा बढी भएपनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । नेपाली काग्रेस माओवादी केन्द्रका जसपाको उपेन्द्र यादव पक्ष, माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर काग्रेसका सभापति देउवालाई प्रभानमन्त्री बनाएका थिए । माधव नेपाल समुह नेकपा एमाले नै भएको भएपनि उक्त समुहले पार्टीको निर्देशन उल्लघन गरी देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको र देउवाले श्रावण ३ गते ससदवाट विश्वासको मत लिदा माधव समुहका नेपाल सहितका २२ सासदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । तत्कालीन प्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार हटाउन भन्दै माधव समुह गत मंसिर भन्दा अगाडीदेखी नै समुह वनाएर पार्टी अध्यक्ष ओलीको विरुदमा लागेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले तत्कालीन नेपाल कम्युनिष्ठ पार्टी भित्रको आन्तरिक द्धन्दले गर्दा आफ्नो नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव ससदमा पेश हुन सक्ने सम्भावना रहेपछि गत पुष ५ गते प्रतिनिधिसभाको पहिलो पटक विघटन गरेका थिए ।

पुष ५ गते प्रतिननिधिसभाको विघटन प्रश्चात तत्कालीन नेपाल कम्युनिष्ठ पार्टी भित्रको आन्तरिक द्वन्द सडकमै छताछुल्ल भएको थियो । प्रतिनिधिसभाको विघटन प्रश्चात सो मुद्धा सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्च अदालतको सम्वैधानीक इजलासले विघटनलाई असम्वैधानिक भन्दै गत फागुन ११ गते पुन स्थापना गरी दिए पनि संसद काम विहिन अवस्थामा रहेको र सत्ताधारी दलकै कारण सरकारले काम गर्न नसकेको र ससदले समेत काम गर्न नसकिरहेका वेला २०७५ साल जेष्ठ ३ गते एकीकृत भएको नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई सर्वोच्च अदालतले वदर गर्दै नेपाल कम्युनिष्ठ पार्टीको दर्ता नै फागुन २३ गते वदर गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई अलग अलग अस्तित्वमा कायम गरिदिएपछि पनि माधव समुह नेकपा एमालेमा फर्किनुको बदला अलग समुह बनाएर आफुलाई नेकपा एमाले नै भन्दै प्रधानमन्त्री ओलीको विरुद्धमा खनिएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ साल बैशाख २७ गते ससदबाट विश्वासको मत लिने दिन माधव समुह ससदमा उपस्थित नभएको हुनाले ओली विश्वासको मत लिन असफल भए । प्रधानमन्त्रीले विश्वासको मत लिन असफल भए प्रश्चात संविधानका अन्य धारा अनुसार सरकार निमार्ण गर्ने प्रक्रिया सञ्चालनमा आए पनि दुई वा दुई भन्दा बढी दलको सरकार निमार्ण हुन सकेन । त्यही कारणले गर्दा गत संविधानको धारा ७६ को ५ अनुसार ससदमा रहेका सासदहरुले आफुले विश्वासको मत पाउन सक्ने आधार देखिएर राष्ट्रपतिकहा प्रधानमन्त्रीको दावी गर्न सक्ने प्रकृया अघि बढ्यो सो प्रकृयानुसार तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका सासद १ सय २१ र जसपाका सासद ३२ को आफूलाई समर्थन रहेको दावी राष्ट्रपतिकहाँ गरेका थिए भने नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले काग्रेसका ६१, माओवादी केन्द्रका ४९ जसपाका ३२, माधव नेपाल समुहका २६ र राष्ट्रिय जनमोर्चाका १ को आफुलाई समर्थन रहेको दावी राष्ट्रपतिकहाँ गरेका थिए ।

ओली र देउवालाई समर्थन गर्नेहरुले दुवैलाई समर्थन गरेका हुनाले राष्ट्रपतिले दुवैको दावीलाई खारेज गर्दै सरकारको सिफारिसमा जेष्ठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन गरी कात्र्तिक २६ र मंसीर ३ गते गरी दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन गराउने घोषणा गरेकी थिइन् । त्यस विषयमा समेत अदालतमा मुद्धा प¥यो । सर्वोच्च अदालतको सम्वैधानीक इजासलले असार २८ गते प्रतिनिधिसभाको विघटनलाई असम्वैधानिक भन्दै प्रतिनिधिसभा पुन स्थापना र २८ घण्टा भीत्रमा शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिएअनुसार २९ गते शेरवहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

अहिलेको मुलुकको अवस्था भनेको यहि हो जो उल्लेख गरिएको नै सत्य वास्तविकता हो । आफ्नै पार्टी नेतृत्वको सरकारलाई हटाएर अर्को दलका नेतालाई प्रधानमन्त्री वनाउन लागि पर्नुको आवश्यकता नै किन ? माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त्यस्का कारक हुन् । उनी जहिलेसुकै पनि सत्तालाई आफ्नो प्रभावमा राख्न चाहन्छ् । जव त्यो सम्भव हुदैन तव उनी षड्यन्त्र सुरु गर्न तयार हुन्छ ।

अहिले जुनसुकै सर्तमा पनि उनी नेकपा एमालेलाई विभाजन गराएर आउदो प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा सवैभन्दा ठूलो पार्टीका अध्यक्ष बन्न चाहिरहेका छन् । त्यही कारणले गर्दा उनी प्राय प्रत्येक दिन माधव नेपालको निवासमा पुगेर माधव नेपाललाई उचालिरहेका छन् । नँया पार्टी निर्माण गर्न नेपाल कम्युनिष्ठ पार्टीका अध्यक्ष हुदैका समयमा उनले माधव नेपाललाई आफ्नो पक्षमा ल्याएका थिए । अहिले पनि निरन्तर कायम रहेको छ । आफुलाई सर्वहाराको नेता भन्न रुचाउने दाहालले कम्युनिष्ठ पार्टी नेतृत्वका सरकार ढालेर उनको शव्दमा पुजीपतिहरुको सरकार वनाउन किन सकृय भए त्यो नै रहस्य को विषय वनेको छ ।

अध्यक्ष दाहालले अहिले बनेको गठवन्धनलाई आउदो निर्वाचन सम्म वचाईराख्नु पर्ने भन्दै आएका छन् । त्यस्को एउटै कारण हो त्यही गठवन्धलाई प्रयोग गरेर आफ्नो पार्टीलाई ठूलो पार्टी वनाउने तर अहिलेको अवस्थामा कम्युनिष्ठहरु विभाजित भएको र कम्युनिष्ठहरुको जनघार क्रमशमा ह्रास हुदै आएको भएपनि नेकपा एमाले नै वलियो देखिएकाले गर्दा र काग्रेस एक भएको खण्डमा दाहालको सपना चक्नाचुर हुने हामीले ठानेका छौँ ।

footer