kumari
stcnepal

काठमाडौ उपत्यका प्रशोधित जार र बोटलको पानीको मूल्य तोकियो

काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोटल तथा जारमा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ । विभागले काठमाडौं उपत्यका भित्र र बाहिरको फरक मूल्य ताेकेको छ ।

विभागले काठमाडौं उपत्यकामा एक लिटरको बोटलको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ निर्धारण गरिएको छ ।

काठमाडौं उपत्यका बाहिर भने १ लिटर पानीको अधिकतम् खुद्रा मूल्य २० रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ ।

विभागले जारी गरेको मूल्य भन्दा बढीमा पानी बिक्री गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

footer