विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतन्त्रका नाममा लुटतन्त्र नै लोकतान्त्रिक चरित्र

637
shares

 

आउँदो मंसिर ४ गते सम्पन्न हुने संघीय संसद र प्रदेशसभाको लागि हुने निर्वाचनमा राजनीतिक दलहरुलाई आ आफ्नै पार्टी बागी उम्मेदवारहरु टाउको दुखाई बनेका छन् ।
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले नेकपा एमाले विरुद्ध मोर्चाबन्दी कसेपछि बाध्य भएर नेकपा एमालेले पनि करिब २४ सिटमा तालमेल गरेको छ ।
सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले उम्मेदवारी खडा गर्ने अघिल्लो दिन सत्ता गठबन्धन त्यागेर नेकपा एमालेसँग मधेश प्रदेश र अन्य प्रदेशका केही सिटमा तालमेल गरेको छ ।
सत्ता गठबन्धनमा बाहिर रहेको लोकतान्त्रिक पार्टी जसपा गठबन्धनबाट बाहिर निस्किएपछि सत्ता गठबन्धनमा प्रवेश गरेको भएपनि उसलाई समेत बागी उम्मेदवारहरुको टाउको दुखाई भएको छ ।
गठबन्धनले गर्दा कांग्रेसले संघीय संसदको १ सय ६५ सिटमध्ये ९० सिटमा मात्र आफ्ना उमेदवार उठाएको हुनाले जहाँतहीँ कांग्रेसका बागी उमेदवार खडा भएका छन् । माओवादी केन्द्रका उम्मेदवारहरुका विरुद्ध समेत बागी उम्मेदवार खडा भएका छन् ।
टिकट वितरण गर्दा एकातिर सत्ता गठबन्धनले गठबन्धनमा रहेका सबै दलहरुको जित हुने गरी भागवण्डा मिलाउनु पर्ने बाध्यता रहेको थियो भने अर्कोतर्फ आ आफ्ना दलका नेता तथा कार्यकर्ताहरुको चित्त समेत बुझाउनुपर्ने बाध्यता रहेको थियो । सत्ता गठबन्धनको एउटै उदेश्य थियो, नेकपा एमालेलाई जसरी पनि पराजित गर्ने ।
गठबन्धनले गर्दा राजनीतिक दलहरुले केही सफलता पाउन सक्ने अवस्था देखिएको भएपनि जनताले भने हारेका छन् । लोकतान्त्रिक पद्दति अनुसार नै राजनीतिक दलहरु जनताबाट अनुमोदन हुनुपर्ने लोकतान्त्रिक पद्दतिलाई यसपटक ध्वज्जी उडाईएको छ ।
एक अर्काको राजनीति सिद्धान्त र विचारै नमिल्ने दलहरु गठबन्धनमा रहेका हुनाले जनताले आफूले रोजेको दल र उम्मेदवारलाई मत हाल्न नपाउने भएका छन् । यसले गर्दा राजनीतिक दलहरुले जनताको मत हाल्न पाउने अधिकारलाई अपरहण गरेका छन् ।
सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले चितवन ३ बाट निर्वाचन लड्ने बताउँदै आएका भएपनि उम्मेदवारी दिने अघिल्लो दिन चितवन ३ छोडेर निर्वाचन हारिने डरले गर्दा गोरखा २ मा पुगेका छन् ।
अध्यक्ष दाहालले केहीसमय पहिला आफूले नेकपा एमलोमा विऊ रोपेको र सो विउ केही दिनभित्रैमा टुसाउने बताउँदै आएकोमा नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमाले परित्याग गरी सत्ता गठबन्धनको सहयोगमा रुपन्देही १ बाट उम्मेदवारी दिएका छन् भने दाहालले नेकपा एमालेका नेता प्रभु साह माथि पनि विऊ रोपेका र रौतहटमा त्यो विउ टुसाएको छ ।
आफ्नो पार्टीलाई सहज ढँगले सञ्चाल गर्न नसकिरहेको आरोप खेप्दै आएका दाहालले अरु पार्टीभित्र खेलेर अन्य पार्टीलाई तहस नहस पार्ने मनसाय राखेको भएपनि दाहालको त्यो सपना कहिल्यै पूरा हुन सक्ने अवस्था देखिँदैन । प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गरिसकेको हुनाले प्रष्ट हुन्छ, दाहाल र साहबीच पहिला नै मधेश प्रदेशमा एमालेलाई तहस नहस पार्ने षड्यन्त्र गरिरहेको रहेछ भनेर ।
लोकतन्त्र भनेको लोक भनेको जनता र तन्त्र भनेको जनताको तन्त्र हो तर व्यवहारमा लोकतन्त्र भनेको राजनीतिक दलहरुको तन्त्र जस्तो देखिएको छ । आवधिक निर्वाचित भनेको दलहरुका लागि सुवर्ण अवसर हो । आ आफ्नो राजनीतिक दललाई जनताबाट अनुमोदन गराउने सुवर्ण अवसरलाई यस पटक दलहरुले तिलाञ्जली दिएका छन् ।
गठबन्धन गरेर निर्वाचनमा गएका हुनाले दलहरुको हैसियत कस्तो रह्यो ? भन्ने प्रष्ट हुन सक्ने सम्भावना देखिँदैन । गठबन्धनको एउटै उदेश्य हो जसरी भएपनि सत्ता हत्याउन कै लागि राजनीति भनेको सत्ता हत्याउने खेलमात्र हो त ? विश्वका धेरै मानिसहरु सत्तामा नपुगी नै महान् बनेका धेरै उदाहरणहरु रहेका छन् तर हाम्रा नेताहरुमा त्यस्तो चरित्र देखिएको छैन के माओवादी केन्द्रले सत्ता हत्याउन र सत्तामा पुग्नका लागि १० वर्षे जनयुद्ध गरेको र १७ हजार निर्दोष जनताको हत्या गरेको थियो त ? अब त्यसको जवाफ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले जनतालाई दिनैपर्दछ ।
राजनीतिलाई विश्वमै उत्तम नीति भनेर स्वीकार गरिएको भएपनि नेपालमा भने राजनीतिलाई सहज रुपमा कमाई खाने भाँडो र सत्ता हत्याउने हतियारका रुपमा प्रयोग गरिँदै आएकाले जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । सत्तामा बसेकाहरुले लुटतन्त्र मच्चाईरहँदा पनि जनता चुपचाप बस्न बाध्य भएका छन् । त्यसको एउटै कारण हो जनताका आवाजहरु नसुनिनु र दबाइनु । सत्ता गठबन्धनकारी दलहरुले जसरी भएपनि निर्वाचन जित्नै पर्ने बताइरहँदै आएका छन्, हामी भन्दछौँ जसरी भएपनि भनेको के हो ?
नेकपा एमालेलाई पराजित गर्ने उदेश्यले गठन गरिएको सत्ता गठबन्धनकै कारण मुलुक संकटमा फस्ने विश्लेषण समेत हुन थालेको र शेरबहादुर नेतृत्वको सरकार गठन भएको १५ महिनाभित्रमा समेत कुनै क्षेत्रमा ठोस उपलब्धी हाँसिल हुन नसकेको भएपनि सत्ता गठबन्धनमा रहेका दलका नेताहरुको भने आर्थिक अवस्था सुधार आएकोले गर्दा हामी भन्न बाध्य छौँ, लोकतान्त्रिक व्यवस्थाको नाममा लुटतन्त्र मच्चाइएको छ । फेरी त्यही लुटतन्त्र मच्चाउनको लागि सत्ता गठबन्धनमा रहेका दलहरु सक्रिय भएका छन् । त्यसैले अब सत्ता गठबन्धनलाई विदा गर्नुपर्ने आवश्यकता भएको हामीले ठहर गरेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports