kumari
stcnepal

जुम्ला बाट राप्रपाका शाही विजयी

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका गोमा गौतम भन्दा १० हजार ८६० बढी मत ल्याउँदै शाही विजयी भएका हुन् ।

उनले २२ हजार ८१९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत पाइन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।

footer