kumari
stcnepal

कांग्रेसभन्दा माओवादी र नेकपा एसलाई ठुलो धक्का

 

काठमाडौ । मंसिर ४ गते सम्पन्न भएको संघीय संसद र प्रदेशसाका सदस्यहरुको चुनावी परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ ।
अहिलेसम्मको अवस्था हेर्दा कांग्रेस नै ठुलो दल हुने सम्भावना प्रत्यक्ष तर्फको परिणाम हेर्दा देखिएपनि समानुपातितर्फको परिणामले गर्दा कांग्रेस ठुलो दल भएपनि उसले नेकपा एमालेभन्दा १०÷१५ सिट बढी सिट ल्याउन सक्ने अवस्था देखिएको छ भने पहिलो र दोस्रो कांग्रेस र एमाले नै हुने भएपनि तेस्रो र चौथो ठुलो दल माओवादी केन्द्र बन्ने कि राष्ट्रिय स्वतन्त्र पार्टी बन्ने भन्ने टुँगो चाहिँ सबै परिणाम सार्वजनिक भएपछि मात्र निर्धारण हुने निश्चित भएको छ ।
यस पटक पनि राष्ट्रिय मान्यता पाउने दलहरुको संख्या बढीमा ६ र घटीमा ५ हुन सक्ने अवस्था देखिएको छ । यस पटकको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्रपार्टी भन्ने राष्ट्रिय मान्यता पाउने दलमा पर्न सक्ने अवस्था रहेको छ । त्यसै गरी जनता समाजवादी पार्टी पनि अहिले सार्वजनिक भएको मत परिणामलाई हेर्दा थ्रेस होल्ड कटाउन सक्ने अवस्थामा नै रहेको छ ।
विगतमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय मान्यता पाएका भएपनि नेकपा एकीकृत समाजवादीले भने पार्टी विभाजन हुँदा समाजवादीमा गएका २० प्रतिशत सांसदको हैसियतले मात्र राष्ट्रिय मान्यता पाएको थियो । तर, अहिले सार्वजनिक भएको मत परिणाम हेर्दा नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय पाउन सकने अवस्था देखिएको छैन ।
समानुपातिक तर्फको विहिबार ११ बजेसम्ममा १९ लाख भन्दा बढी मत परिणाम सार्वजनिक हुँदा उसले जम्मा ३० हजार मात्र मत ल्याएको र राष्ट्रिय पार्टीबन्नका लागि जम्मा खसेको सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने सम्वैधानिक व्यवस्था रहेको छ । राष्ट्रिय मान्यता नपाएको राजनीतिक दल अर्थात ३ प्रतिशत मत नल्याएको दलले समानुपातिक तर्फको सिट पाउन सक्दैनन् ।
यस पटक निर्वाचनमा भाग लिएको रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भने थे्रेस होल्ड सहजै कटाउने र उसको अहिलेको सार्वज्निक भएको मत परिणाम हेर्दा सहज रुपमा १०÷१५ सिट समानुपातिकतर्फबाट ल्याउन सक्ने अवस्था देखिएको छ ।
जनमत पार्टी, उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र लोसपाले थ्रेस होल्ड कटाउन नसकेको अवस्थामा विद्यमान रहेको भएपनि सम्पूर्ण परिणाम सार्वजनिक नभएसम्म यसै हुन्छ भनेर आंकलन गर्न नसकिने भएपनि अहिले सम्मको परिणाम हेर्दा उनीहरुले थ्रेस होल्ड कटाउन सक्ने अवस्था देखिएको छैन ।
समानुपातिक तर्फ १ सिट पनि पाउनको लागि घटीमा १ लाख २५ हजार भन्दा माथिको मत ल्याउनुपर्ने अवस्था अहिले देखिएको छ । अहिले सार्वजनिक भएको समानुपातिक तर्फको मत परिणाम जम्मा मतको १२ प्रतिशत मत मात्र रहेको तर, अहिले सार्वजनिक भएको मत परिणामकै वरिपरि दलहरुले मत पाएका हुनाले यहि अनुपातमा मत पाउने निश्चित जस्तै रहेको छ ।
अहिले सम्म सार्वजनिक भएको मतकै वपिरिको परिणाम आएको खण्डमा बढीमा ६ वटा पार्टीबीचमा नै समानुपातिक तर्फको १ सय १० सिट भागवण्डा लगाउनुपर्ने हुन्छ । अहिलेसम्म नेकपा एमालेले २६.२५ प्रतिशत, कांग्रेसले २४.६ प्रतिशत, राष्ट्रिय स्वतन्त्र पार्टीले १४.१ प्रतिशत, माओवादी केन्द्रले ११.१ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७.४७ प्रतिशत मत पाएका छन् ।
जसपाले भने ३.१ प्रतिशत मत पाएकाले गर्दा उसले थ्रेसहोल्ड ३ प्रतिशत कटाउन सक्ने अवस्था देखाएको भएपनि सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म यसै हुन्छ भन्ने अवस्था देखिएको छैन ।
राष्ट्रिय मान्यता पाउन नसकेका दलहरुका सांसदले स्वतन्त्र सांसदको हैसियतमा संसदमा भाग लिन पाउने भएपनि उनीहरुलाई दलको ह्वीप लाग्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रिय मान्यता नपाउने दललाई दुई असुविधा हुन्छ । पहिलो हो अर्को निर्वाचनमा जाँदा उनीहरुको चुनाव चिन्ह दलहको आकार अनुसारको क्रममा हुँदैन भने संसदीय दल र नेताका लागि कार्यालय राख्ने व्यवस्थासम्म हुँदैन ।
राष्ट्रिय दल भएपनि १० भन्दा कम सांसद भएमा उनीहरुलाई संसदले कार्यालय उपलब्ध गराउने गरेको छैन । यस पटकको निर्वाचनमा सबै भन्दा ठुलो धक्का भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई नै परेकोले पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने सपनालाई समेत चुनावी परिणामले धक्का दिन सक्छ ।

footer